कोरोना कहरकै बीच सुरु भयो चन्द्रागिरिमा पढाई [तस्बिरहरु]

तस्बिर : बिजु महर्जन

काठमाडौँ — उपत्यकामा कोरोना भाइरस संक्रमण फैलिरहे पनि सरकारको निर्णयअनुसार असोज १ देखि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै लामो दुरीको यातायातका साधन र अन्य व्यापार/व्यवसाथ सञ्चालन भइरहेका छन् । शैक्षिक संस्थामा वैकल्पिक माध्यमबाट अपनाएर पठनपाठनको विधिलाई अपनाउन आग्रह गरेको थियो । तर, कम प्रभावित उपत्यका बाहिरका जिल्लाहरुमा पढाइ सञ्चालन सुरु भएको छ । काठमाडौं बाहिरमात्रै नभइ राजधानीकै चन्द्रागिरि नगरपालिका ७ महादेवस्थानस्थित चेक पोस्टमा समेत प्रभात माध्यमिक विद्यालयमा कक्षा सुरु गरिएको छ । उक्त विद्यालय चन्द्रागिरि नगरपालिकाले सुरक्षा मापदण्ड अपनाएर विद्यालय सञ्चालन अनुमति दिएपछि सञ्‍चालन भएको हो ।

नगरपालिकाले शिक्षक-विद्यार्थीमा संक्रमण देखिइहाले उपचार गर्ने आश्वासन दिएपछि असोज १ गतेदेखि विद्यालय सञ्चालनमा आएको हो । विद्लालय सञ्‍चालन गरिए पनि प्रभावकारी रुपमा चल्न सकेका छैनन् । विद्यार्थीलाई हप्ताभरिलाई पुग्ने गृहकार्य दिएर पठाउने गरिएको प्रधानाध्यापक रुपाखेतीले जानकारी दिए ।


प्रकाशित : आश्विन १३, २०७७ १६:०५
प्रतिक्रिया
पठाउनुहोस्

बझाङ घटनाबारे सभामुखलाई ध्यानाकर्षण

कान्तिपुर संवाददाता

काठमाडौँ — बझाङ बलात्कार घटनाबारे सांसदहरुले सभामुख अग्नी सापकोटालाई ध्यानाकर्षण गराएका छन् । सुदूरपश्‍चिमका संघीय सांसदहरुले मंगलबार सभामुख सापकोटासँग भेट गर्दै हत्यामा संलग्‍नलाई कारबाही गर्न पहल गरिदिन भन्दै ध्यानाकर्षण गराएका हुन् ।

बझाङबाट प्रतिनिधि सभा सदस्य आशा कुमारी विक लगायतका सांसदहरुले सभामुख सापकोटालाई भेटेर बझाङकी १२ वर्षीया बालिका सम्झना कामीको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही,घटनाको निष्पक्ष छानबिन र पीडित परिवारलाई उचित क्षतिपूर्तिका विषयमा ध्यानाकर्षण गराएका थिए ।

सभामुख अग्निप्रसाद सापकोटाले उक्त घटनालाई आफूले गम्भीर रुपमा लिएको बताए । उनले यो घटनालाई राज्यले चुनौतीका रुपमा लिनुपर्ने बताए ।

सभामुख सापकोटाले जनता अन्याय, दमन र समस्यामा परेका बेला उनीहरुलाई साथ दिनु जनप्रतिनिधिको कर्तव्य भएको बताउँदै कानुनको प्रभावकारी कार्यान्वयनका लागि पहल जारी राख्‍न आग्रह गरे । उनले आफ्नोतर्फबाट समेत विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित : आश्विन १३, २०७७ १५:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×