कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

६ वर्षमा बन्यो 'आर्क ब्रिज' (तस्बिरहरु)

तस्बिर : दीपक केसी, तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — ठेक्का सम्झौता भएको ६ वर्षपछि काठमाडौंको बिजुलीबजारस्थित आर्क ब्रिजको निर्माण सम्पन्न भएको छ । यो 'नेटवर्क आर्क ब्रिज' प्रविधिबाट निर्माण भएको नेपालको पहिलो पुल हो ।

यो पुल निर्माणको ठेक्का २०७१ साल पुसमा जेई कन्स्ट्रक्सनले पाएको थियो । ठेक्का पाएको ६ वर्षपछि पुल निर्माण कार्य सम्पन्न भएको हो । हाल पुलमा रंगरोगन र बत्ती जडानको काम भइरहेको छ । ५१.४५ मिटर लामो यो पुलको चौडाइ १२ मिटर छ । सडकको मुख्य लेनको दुवैतर्फ रहको यो पुलले सवारी सहजता बढाउनुको साथै सहरको सौन्दर्य पनि बढाएको छ ।


प्रकाशित : आश्विन ११, २०७७ १९:४०
प्रतिक्रिया
पठाउनुहोस्