कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

केसी समर्थकको प्रदर्शनमा प्रहरी हस्तक्षेप [तस्बिरहरु]

तस्बिर : केशव थापा

काठमाडौँ — स्वास्थ्य सेवा र शिक्षामा सुधार माग गर्दै अनशन बसेका सत्याग्रही डा. गोविन्द केसीको समर्थनमा युवाहरुले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । झरीको परवाह नगरी सडकमा उत्रिएका युवाहरुको समूहलाई बिहीबार माइतीघरमा प्रहरीले हस्तक्षेप गरी तितरवितर पारेको छ । सोलिडारिटी फर डा. गोविन्द केसी समूहले आयोजना गरेको प्रदर्शनकारीहरु निषेधित क्षेत्रतिर जानलाग्दा रोकिएको प्रहरीले बताएको छ । 


प्रकाशित : आश्विन ८, २०७७ १८:३६
प्रतिक्रिया
पठाउनुहोस्

वालिङ पहिरोमा ज्यान गुमाएका ९ जनाको सामूहिक अन्त्येष्टि

प्रतीक्षा काफ्ले

स्याङजा — स्याङजाको वालिकमा पहिरोले पुरिएर ज्यान गुमाएका ९ जनाको सामूहिक अन्त्येष्टि गरिएको छ । वालिङ नगरपालिका–१४ तमादिमा गएको पहिरोमा परि सात महिनाको बालकसहित एकै परिवारका नौ जनाले ज्यान गुमाएका थिए  । 

गल्याङ नगरपालिका–१ मालुंगास्थित रामनदीधान राम्दीमा सामूहिक अन्त्येष्टि गरिएको वालिङ नगरप्रमुख दिलीपप्रताप खाँडले बताए ।

‘सबै जनाको शव पोष्टमार्टमको लागि ग्रहौकालिका प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा ल्याइयो,’ उनले भने, ‘दिउँसो पोष्टमार्टम गरेपछि अहिले सामूहिक दाहसंस्कार गरेका हौं । परिवारमा आफन्त कोही नभएपछि दाहसंस्कारको सबै जिम्मा नगरपालिकाले लिएको छ ।’

सो पहिरोमा परि घाइते भएकी १६ वर्षीया मनिषा नेपाली भने पोखरामा उपचाररत छन् ।

सम्बन्धित समाचार: वालिङ पहिरोमा एकै परिवारका ९ जनाको मृत्यु [अपडेट]

प्रकाशित : आश्विन ८, २०७७ १८:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×