१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

आन्तरिक हवाई उडान सुरु [तस्बिरहरु]

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — सोमबारदेखि आन्तरिक हवाई सेवा सुरु भएको छ । नेपालमा सेवा दिइरहेका विभिन्न ९ वटा कम्पनीमध्ये ८ वटाले सोमबारदेखि सेवा सुरु गरेका हुन् । कोरोना संक्रमणको जोखिम बढेको भन्दै गत चैत ११ गतेदेखि बन्द भएको नियमित हवाई सेवा १८० दिनपछि सुरु भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा स्वास्थ्य सावधानी र चेकिङको व्यवस्था मिलाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख देवेन्द्र केसीले विश्व स्वास्थ्य संगठन, अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले बनाएको कोरोनासम्बन्धी बनाएको प्रोटोकल पालना गर्ने गरी सेवा सञ्‍चालन सुरु भएको बताए ।

वायुसेवा कम्पनीहरुले नियमित सेवा संचालन भएको समयमा पाएको उडान अनुमतिको आधारमा २५ प्रतिशतमात्रै उडान तालिका बनाएर सेवा दिनुपर्ने व्यवस्था गरिएको पनि प्रमुख केसीले जानकारी दिए ।

सोमबार देशका विभिन्न भागमा यात्रु लैजान ५० वटा उडान अनुमति दिइएको पनि विमानस्थल प्रमुख केसीले बताए।

प्रकाशित : आश्विन ५, २०७७ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्