कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यस्तो छ नेपाली रेल [तस्बिरहरु]

अजित तिवारी

जनकपुर — एउटा इन्जिन र चारवटा बोगीसहितको दुई सेट रेल शुक्रबार अपराह्नसम्म जनकपुर आइपुग्ने भएको छ । नेपाल रेलवे विभागका अधिकारीहरूको दाबीअनुसार बिहारको हाजिपुर स्टेसनमा महिना दिनदेखि पार्किङमा राखिएको दुई ट्रेन सेट जनकपुरका लागि हिँडिसकेको छ ।

शुक्रबार अपरान्ह जनकपुर आइपुगने नेपाल रेलको तस्बिरहरु रेल विभागका महानिर्देशक बलराम मिश्रले सार्वजनिक गरेका छन् ।

एक इञ्जिन र चारवटा बोगी रहेको रेलको दुई वटा सेट शुक्रबार जनकपुरमा हस्तान्तरण गरिँदै छ । बिहीबार राति भारतको हाजीपुरबाट जयनगर आइपुगेको रेलको दुवै सेट जनकपुर आएपछि भव्य स्वागत गर्ने तयारी छ ।

सबै तस्बिर : रेल विभागका महानिर्देशक बलराम मिश्रको फेसबुकबाट


प्रकाशित : आश्विन २, २०७७ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्

दिल्लीमा स्थान पाउन चर्को प्रतिस्पर्धा

एजेन्सी

दुबई — दिल्ली क्यापिटल्सका प्रशिक्षक रिकी पोन्टिङले आफ्नो टिममा खेलाडीबीच सुरुआती ११ स्थानका लागि चर्को प्रतिस्पर्धा रहेको बुधबार बताएका छन् । इन्डियन प्रिमियर लिग २०२० को आफ्नो पहिलो खेलमा दिल्लीले किंग्स इलेभेन पन्जाबको सामना गर्नेछ । यो खेल आइतबार दुबईमा हुनेछ र दिल्लीले यसको तयारी गरिरहेको छ ।

कोरोना भाइरस संक्रमणको महामारीका कारण भारतबाहिर हुन लागेको यसपल्टको आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म दुबई, अबुधाबी र शारजहाँका रंगशालामा हुनेछन् । सन् २००८ देखि अहिलेसम्म आईपीएलको उपाधि चुम्न असफल रहँदै आएको दिल्ली यसपालि शीर्ष चारका लागि बलियो प्रत्याशी रहेको छ ।

पोन्टिङले प्रतियोगिताको पूर्वसन्ध्यामा ट्वीट गरेका छन्, ‘सबै प्रतियोगिताको व्यग्र प्रतीक्षामा छन् । हाम्रो पहिलो खेल आइतबार छ । अभ्यासमा सबै खेलाडी उत्कृष्ट देखिएका छन् र सुरुआती ११ खेलाडीमा पर्न यी खेलाडीबीच चर्को प्रतिस्पर्धा हुने निश्चित छ । यो यस्तो गाह्रो स्थिति हो, जसको अपेक्षा भने प्रशिक्षकले गरेको हुन्छ, प्रशिक्षकले चाहने यस्तै हो ।’

अस्ट्रेलियाली लिजेन्डको नेतृत्वमा दिल्लीले गत सिजन प्लेअफ खेलेको थियो । यसपल्ट त्योभन्दा राम्रो प्रदर्शनका आस उनले गरेका छन् । शनिबार हुने प्रतियोगिताको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले गत वर्षको उपविजेता चेन्नई सुपर किंग्सको सामना गर्नेछ । त्यसलगत्तै आइतबार दिल्लीले आफ्नो चुनौती पेस गर्नेछ ।

प्रकाशित : आश्विन २, २०७७ ०९:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×