काठमाडौं उपत्यकामा बढ्याे चहलपहल [तस्बिरहरु]
काठमाडौँ — देशभर कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि भदौ ४ गतेबाट दोस्रोपटक निषेधाज्ञा गरिएको थियो । आज (बिहीबार)बाट काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाइएसँगै सडक र बजारमा मानिसहरुको चहलपहल बढेको छ ।
सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गरेपछि सडकमा सवारीहरु बाक्लिन थालेका छन् ।
काठमाडौंका न्युरोड, असन, इन्द्रचोकका पसलहरु व्यवसायीहरुले खोल्न थालेका छन् । साताभरि विभिन्न बारलाई समय तोकेर पसल व्यवसाय सञ्चालन गर्न दिने भएपछि आज मानिसहरुले पसलहरु खोलेर सरसफाइ गर्न थालेका छन् ।