कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

काठमाडौं उपत्यकामा बढ्याे चहलपहल [तस्बिरहरु]

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — देशभर कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि भदौ ४ गतेबाट दोस्रोपटक निषेधाज्ञा गरिएको थियो । आज (बिहीबार)बाट काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाइएसँगै सडक र बजारमा मानिसहरुको चहलपहल बढेको छ ।

सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गरेपछि सडकमा सवारीहरु बाक्लिन थालेका छन् ।

काठमाडौंका न्युरोड, असन, इन्द्रचोकका पसलहरु व्यवसायीहरुले खोल्न थालेका छन् । साताभरि विभिन्न बारलाई समय तोकेर पसल व्यवसाय सञ्चालन गर्न दिने भएपछि आज मानिसहरुले पसलहरु खोलेर सरसफाइ गर्न थालेका छन् ।


प्रकाशित : भाद्र २५, २०७७ १३:१२
प्रतिक्रिया
पठाउनुहोस्