१५ तस्बिरमा हेर्नुहोस् ललितपुरको कर्फ्यु

तस्बिर : अनिस रेग्मी

काठमाडौँ — जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म ललितपुर महानगरपालिकाभित्र बल्खुदेखि मनोहरा पुलसम्मको चक्रपथभित्र पर्ने सम्पूर्ण क्षेत्रमा लागू हुने गरी कर्फ्यु आदेश जारी गरेको छ ।

रातो मत्स्येन्द्रनाथको जात्रा स्थगन गर्ने निर्णयविपरीत शान्तिसुरक्षा र जनस्वास्थ्यमा खलल पुर्‍याउने कार्य हुन खोजेको भन्दै त्यसलाई रोक्न कर्फ्यु आदेश जारी गरिएको हो।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जात्रा सञ्चालन गर्ने नाममा धार्मिक सद्भावमा खलल पुर्‍याउने, स्थानीयको भावनामा चोट पुर्‍याउने र कोरोना महामारीबीच जनस्वास्थ्यमा खेलबाड गर्ने समूहका गतिविधि नियन्त्रण गर्न कर्फ्यु आदेश जारी गर्नुपरेको बताए ।

भट्टले स्थिति आकलन गरेर कर्फ्युलाई केही दिन बढाउन पनि सकिने बताए । कर्फ्यु उल्लंघन गरे बल प्रयोग गर्न सकिने प्रजिअ भट्टले बताए । स्थानीय प्रशासन ऐन, २०२८ मा प्रमुख जिल्ला अधिकारीले कुनै हिंसात्मक कामकारबाही हुने वा हुलदंगा हुने आशंका भए त्यसलाई रोक्न कर्फ्यु लगाउन सक्ने व्यवस्था छ ।


प्रकाशित : भाद्र १९, २०७७ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्