कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१ सय १६ जना यात्रु लिएर चीन उड्दै हिमालयको विमान [तस्बिरहरु]

तस्बिर : हेमन्त श्रेष्ठ, तस्बिर : अंगद ढकाल

काठमाडौँ — मंगलबारदेखि अन्तर्राष्ट्रिय व्यवसायिक उडान सुचारु भएको छ । बुधबार हिमालय एयरलाइन्सको विमानले १ सय १६ जना यात्रुहरुलाई लिएर दिउँसो साढे ४ बजे चीनतर्फ प्रस्थान गर्दैछ । अधिकांश यात्रुहरु फेस शिल्ड, मास्क तथा पीपीई लगाएर त्रिभुवन विमानस्थल पुगेका थिए ।

कोरोना संक्रमण फैलिन नदिन भन्दै सरकारले २०७६ चैत ९ गतेदेखि व्यवसायिक अन्तर्राष्ट्रिय उडान रोकेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार मंगलबारको पहिलो दिन उडानमा नेपाल वायुसेवा निगमको वाइडबडी विमान राति जापानको नारिता उडेको थियो ।


प्रकाशित : भाद्र १७, २०७७ १४:४०
प्रतिक्रिया
पठाउनुहोस्