कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

किसानलाई मलकै छ चिन्ता [तस्बिरहरु]

हरिहरसिंह राठौर

धादिङ — निकै ढिलो गरी जिल्लामा युरिया मलपछि धादिङका किसानहरुको भीड लागेको छ । सदरमुकामस्थित नीलकण्ठ सहकारीमा आएको ४ सय २० बोरा मल लिन किसानहरुको भीड लागेको हो ।

मल नपाउने चिन्तामा शनिबार एकाबिहानै सहकारीमा आइपुगेका किसानलाई सामाजिक दूरी, मास्क लगाउनुभन्दा पनि मलकै चिन्ताले सताएको देखिन्छ । उनीहरुले मल सकिन्छ कि भन्ने चिन्ताले सहकारीको फलामे गेटसमेत फोडेर भित्रै पसेका थिए ।

सहकारीले ५० केजीको एक बोरा ३ जनालाई भाग लगाएर बाँडेको थियो । वितरण प्रणाली व्यवस्थित गरिएको भए उपस्थित सबै किसानले मल पाउने भए पनि त्यहाँ त्यस्तो व्यवस्था भने गरिएको थिएन ।

प्रकाशित : भाद्र १३, २०७७ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्