कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना प्रभाव : छतमा गौरा

तस्बिर : अंगद ढकाल

काठमाडौँ — नेपालको सुदूरपश्चिम प्रदेशमा गौरा पर्व विशेष उल्लासका साथ मनाइन्छ । महिलाहरूले गौरादेवीको अर्थात शिव र पावतीको प्रतिमालाई टाउको राखेर नाच्ने गर्छन् भने पुरुषले धुमारी, ढुस्को, ठाडो खेल र देउडा खेल्ने गर्छन् । पछिल्ला वर्षहरुमा काठमाडौंकै टुँडिखेलमा धुमधामका साथ मनाउने गरिएको गौरा पर्व यसपालि भने कोरोनाका कारण टुँडिखेलमा मनाइएन ।

गौरा पर्वको अवसरमा काठमाडौंको बुद्धनगरमा घरको छतमा देउडा नाच्दै महिलाहरू ।

कोरोनाले देशको आर्थिक जीवनमात्र होइन सांस्कृतिक जीवनमा पनि असर पारिरहेको छ । यस वर्ष तीज पनि अन्य वर्षजसरी मनाइएन । न त सहर बजारमा मेला लागे न पशुपतिमा नै भिड लाग्यो । समूहमा जम्मा मनाइने चाडबाडलाई कोरोनाले एक्लै मनाउने चाडमा बदलिदिएको छ ।


प्रकाशित : भाद्र १०, २०७७ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्

जलमग्न मंगलबजार [तस्बिरहरू]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — काठमाडाैं उपत्यकामा मंगलबार दिउँसो परेको पानी र अव्यवस्थित ढलका कारण ललितपुरको मंगलबजारको सडकमा बगेको पानीबाट जोखिमपूर्वक बाटो काट्दै सर्वसाधारणहरु । केही ठूलो पानी पर्नासाथ मंगलबजार चोकमा घुँडाघुँडासम्म पानी जम्छ भने शंखमूलतर्फ आउने सडकमा बाढी नै आउँछ । ढलको व्यवस्था नहुँदा पानी पर्नासाथ सडकमा बाढी नै गरेको एक स्थानीय एक व्यापारीले बताए । सडकमा पानी जमेपछि स्थानिय व्यापारी, सवारी चालक र बटुवाहरुलाई सास्ती हुने गरेको छ ।


प्रकाशित : भाद्र २, २०७७ १८:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×