कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना प्रभाव : छतमा गौरा

तस्बिर : अंगद ढकाल

काठमाडौँ — नेपालको सुदूरपश्चिम प्रदेशमा गौरा पर्व विशेष उल्लासका साथ मनाइन्छ । महिलाहरूले गौरादेवीको अर्थात शिव र पावतीको प्रतिमालाई टाउको राखेर नाच्ने गर्छन् भने पुरुषले धुमारी, ढुस्को, ठाडो खेल र देउडा खेल्ने गर्छन् । पछिल्ला वर्षहरुमा काठमाडौंकै टुँडिखेलमा धुमधामका साथ मनाउने गरिएको गौरा पर्व यसपालि भने कोरोनाका कारण टुँडिखेलमा मनाइएन ।

गौरा पर्वको अवसरमा काठमाडौंको बुद्धनगरमा घरको छतमा देउडा नाच्दै महिलाहरू ।

कोरोनाले देशको आर्थिक जीवनमात्र होइन सांस्कृतिक जीवनमा पनि असर पारिरहेको छ । यस वर्ष तीज पनि अन्य वर्षजसरी मनाइएन । न त सहर बजारमा मेला लागे न पशुपतिमा नै भिड लाग्यो । समूहमा जम्मा मनाइने चाडबाडलाई कोरोनाले एक्लै मनाउने चाडमा बदलिदिएको छ ।


प्रकाशित : भाद्र १०, २०७७ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्

२४ घन्टामा कोरोना निको भएर ३८५ जना घर फर्किए 

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ३८५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या १९ हजार ५०४ पुगेको छ । 

मन्त्रालयका अनुसार बुधबारसम्म पीसीआर विधिबाट ६ लाख ३५ हजार २५२ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घन्टामा जम्मा १३ हजार २ सय ५३ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ९ हजार ८ सय ३२ जना रहेका छन् ।

त्यसैगरी आइसोलेसनमा रहनेको संख्या १४ हजार ७३९ जना रहेको छ ।


प्रकाशित : भाद्र १०, २०७७ १६:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×