३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

राष्ट्रिय सम्मानका साथ राष्ट्रकवि घिमिरेको अन्त्येष्टि [तस्बिरहरु]

तस्बिर : दीपक केसी

काठमाडौँ — राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनको बुधबार मध्यान्ह पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । राष्ट्रकविको सम्मानमा नेपाली सेना र सशस्त्र प्रहरीको टुकडीले सलामी अर्पण गरेको थियो ।

बुधबार बिहान घिमिरे निवास कपुरधारा पुगेर उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउँदै श्रद्धाञ्जली अर्पण गरेका थिए ।

घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार साँझ ५ बजेर ५५ बजे निधन भएको थियो । घिमिरेको जन्म विक्रम संवत १९७६ साल असोज ७ गते लमजुङको पुस्तुन गाउँमा भएको थियो ।


प्रकाशित : भाद्र ३, २०७७ १३:५२
प्रतिक्रिया
पठाउनुहोस्