कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

कुशे औंसी : गोकर्णेश्‍वरमा यस पटक भीड छैन [तस्बिरहरु]

तस्बिर : हेमन्त श्रेष्ठ, तस्बिर : अंगद ढकाल

काठमाडौँ — काठमाडौं गोकर्णेश्वरस्थित महादेवको मन्दिर परिसरमा कुशे औंशीको दिन पितृ तर्पण गर्न भक्तजनहरुको उपस्थिति कम देखिएको छ । बुबाको मुख हेर्ने दिन अरु बेला भीडभाड हुने गोकर्णेश्वर मन्दिर परिसर सुनसान छ ।

बुबा नहुनेहरु आजको दिन गोकर्णेश्वर महादेवको मन्दिरमा जम्मा भएर पिण्ड दिने चलन रहेकोमा यस वर्ष कोरोना संक्रमणका जोखिमका कारण प्रशासनले मन्दिर बन्द गरेको साथै परिसरमा समेत पूजाआजामा रोक लगाएको छ । भक्तजनहरुले मास्क लगाएर मन्दिर परिसर भन्दा टाढै रहेर पूजा गरेका थिए ।


प्रकाशित : भाद्र ३, २०७७ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्