साताका ७ तस्बिर

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना संक्रमण झन् बढ्न थालेपछि सरकारले सार्वजनिक भेला,सभा, समारोहमा पूर्ण रोक लगाएको छ भने होटलबाट टेक अवे सेवा मात्र सञ्चालन गर्न दिएको छ । यस साता इकान्तिपुरमा कोरोनासँग सम्बन्धित तस्बिर लगायतका विषयहरु प्राथमिकता पाए । कृष्ण जन्माष्टमीको पूर्व सन्ध्या मन्दिर परिसर,झरनामा रमाउँदै युवाहरु,खेल मैदानमा अभ्यास गर्दै गरेका खेलाडीहरु लगायतका तस्बिरहरुले प्राथिमकता पाए ।

गोदावरी नगरपालिकाको झरुवाराशीस्थित कर्मनाशा खोलाबाट निस्केको सानो झरनामा रमाउँदै युवाहरु । तस्बिरः अंगद ढकाल

पाटन अस्पातलमा कोरोनाबाट मृत्यु भएकालाई बुधबार पशुपति क्षेत्रस्थित विद्युतीय शवदाहगृहमा अन्त्येष्टिअघि सलामी दिँदै नेपाली सेनाका जवान । तस्बिर: इलिट जोशी ।

लुम्बिनीस्थित एक विहारमा ओथारो बसेको सारस । तस्बिर: मनोज पौडेल

काठमाडौंको लैन्चौर स्थित खेलमा मैदानमा अभ्यास गर्दै खेलाडीहरु । तस्बिरः दीपक केसी

मास्क लगाएर मोटरसाइकलमा ललितपुरको पाटन हुँदै गन्तव्यतिर अगाडि बढ्दै । तस्बिरः सन्जोग मानन्धर

कुलेश्वरस्थित फलफूल बजारमा सटर बन्द गरेर आराम गरिरहेका विक्रेता । तस्बिरः इलिट जोशी


प्रकाशित : श्रावण ३१, २०७७ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्