कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घर कि नर्सरी ? [फोटोफिचर]

हरेक वर्ष ६० हजार लगानी गर्ने शमशेरले मासिक ३० हजार आम्दानी गरिरहेका छन्
शब्द/तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — भारतीय गोर्खा सैनिकमा भर्ती हुन जाँदा कोमल मुटुको भनेर फर्काइएका शमशेर राई अहिले आफ्नै घरभित्र विभिन्न प्रजातिका कोमल फूल फुलाइरहेका छन् । पुर्ख्यौली घर भोजपुर जरायोटारका ५४ वर्षीय राईले ललितपुरको सीतापाखामा रहेको चार आनामा बनेको आफ्नो घरभित्र र बाहिर विभिन्न प्रजातिका फूलको नर्सरी बनाएका छन् । 

एसएलसी पास गरेपछि आईए पढ्न काठमाडौं आएदेखि नै नर्सरीमा काम गर्दै पढ्दै गरेका उनले एक वर्ष होटलमा काम गरे । त्यसपछि याक एन्ड यती होटलमा मालीको काम गर्न उनलाई बोलाइयो । त्यहाँ उनले काम गर्न थालेको २४ वर्ष भयो । घरको नर्सरीमा भने साँझबिहानको समय मिलाएर काम गर्दै आएका छन् । बाहिर जग्गा भाडामा लिएर नर्सरी राख्दा खर्च बढी लाग्ने भएकाले आफ्नै घरमा विभिन्न प्रजातिका फूल लगाएको उनको भनाइ छ ।

उनीकहाँ लक्की ब्याम्बो, मनिप्लान्ट, पान्डा प्लान्ट, सिल्भर पेन्स, मन्स्टेरा, इन्कामेरिगोल्ड, बुकन्बेलीलगायत फूल पाइन्छन् । शमशेरले सबै बिरुवा आफैं उत्पादन गर्छन् । नर्सरीमा २५ देखि १५ सय रुपैयाँसम्मको बिरुवा पाइने उनले जानकारी दिए । यसका लागि वार्षिक ५० हजारदेखि ६० हजार रुपैयाँसम्म लगानी लाग्ने उनले बताए । व्यापार भने मासिक २५ देखि २० हजार रुपैयाँसम्म हुने उनको भनाइ छ । ‘घर आउने ग्राहक मैले गरेको काम देखेर चकित पर्नुहुन्छ,’ उनले भने, ‘मैले घरमै बिरुवा उत्पादन गरेको देखेर रमाउनुहुन्छ ।’ 

परिवारका सदस्यले व्यवसायमा सघाइरहेको उनले बताए । आफ्नै घरमा थोरै लगानीमा पनि काम गर्न सकिँदो रहेछ भन्ने प्रमाणित भएको उनको भनाइ छ । भन्छन्, ‘समयको सदुपयोग गर्नुहोस्, आफू बन्यो भने समाज बन्छ । समाज बन्यो भने राष्ट्र बन्छ ।’


प्रकाशित : श्रावण ३१, २०७७ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्

कोरोना कहरभित्रका मन भुलाउने दृश्य

शब्द/तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — जनसंख्याका हिसाबले प्रदेश २ सबैभन्दा दोस्रो ठूलो प्रदेश हो । कोभिड–१९ का संक्रमितको संख्या पनि धेरै रहेको प्रदेश २ मा लकडाउनको असरसमेत उस्तै छ । हामी रिपोर्टिङका क्रममा प्रदेश २ का ८ जिल्लामध्ये ५ जिल्लामा गएका थियाैं । यी क्षेत्रको रिपोर्टिङका क्रममा धेरै मान्छेमा निराशा भेटियो । फोटोपत्रकारका नाताले यी सबै दृश्य मैले क्यमेरामा आँसु पुछ्दै भएपनि कैद गर्नुपर्ने थियो । किनभने यथार्थ देखाउनु नै मेरो पेसाको दायित्व हो । अरु बेलाजस्तो सहज अवस्था थिएन, कोरोनाको कहरकै बीचमा काम गरिरहेका थियाैं। त्यहाँका मानिसमा कतै आक्रोश, कतै भोक त कतै शोक भएको तस्बिर त मैले खिचेकै थिएँ । साथसाथै मानिसहरु आफ्नो लयमा फर्किरहेको दृश्य पनि यात्राका क्रममा भेटिए । प्रदेश २ मा ८ दिन बस्दा मैले देखेका केही सम्भावना र केही आशाका तस्बिरहरु ।

सप्तरीको कंचनरुप -५ पथरीका स्थानीय महिला मास्क नभएपछि साडीको सप्कोलाई मास्क बनाएर साँझपख कल्भर्टमा आफ्नी छोरीसँग सुस्ताउँदै । दैनिक ज्याला मजदुरीमा आश्रित यहाँका मानिसहरुलाई लकडनउनले गर्दा छाक टार्न धौधौ परेको छ ।

सप्तरीको कंचनरुप -५ पथरीकी एक महिला नजिकैको जंगलबाट दाउरा लिएर घरतिर जाँदै । यहाँका मानिसहरुले खाना बनाउनका लागि दाउराबाहेक अरु कुनै विकल्प छैन।

सप्तरीको छिन्नमस्ता गाउँपलिका सखडास्थित छिन्नमस्ता भगवती मन्दिरमा पूजा गर्न जाँदै स्थानिय महिलाहरु । कोरोनाबाट बच्न तथा विभिन्न रोगबाट बाँच्न मन्दिरमा र नदीहरुमा पूजा गर्ने चलन मधेसमा छ ।

सप्तरीको हनुमान् नगर कन्कालिनी नगरपालिका–१४ को रामपुरआ मल्हनियामा ड्युटीमा बसेका सशस्त्र प्रहरिका जवान । यो क्षेत्र सिमनामा पर्ने भएकोले भारततिरबाट आनेहरु निर्बाध रुपमा नछिरुन भनेर सशस्त्र प्रहरी खटाइएको छ।

कोसी ब्यारेजमा माछा मार्दै स्थानीय । लकडाउनले गर्दा कोसी वारीपारी रहेका सबै माछा पसल बन्द छन् ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत सिराहाकाे सडकमा आँप बेच्न बसेका महिला । अहिले तराईमा प्रतिकिलो २० रुपैयाँमा बिक्री भइरहेको छ । लकडाउनले गर्दा बजार क्षेत्र सबै बन्द छन् । त्यसैले पोहोरको तुलनामा अहिले आँपको भाउ घटेको छ ।

सिराहा लाहान -४ झुट्कीका बालबालिका । लकडाउनले गर्दा स्कुल बन्द भएपछि उनीहरु घरमै बस्न बाध्य भएका छन् ।

रौतहट, राजपुर नगरपालिकाको हजिमनिया गाउँमा आँप टिप्दै गरेका स्थानीय ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ कुसाहाका स्थानीय गाई–बाख्रा चराउन जाँदै ।

सप्तरी जिल्लाको हनुमान नगर कंकालिनी नगरपालिका माधवापुर गाउँमा लिची टिप्दै एक स्थानीय ।

सप्तरी जिल्लाको कल्याणपुरमा तरकारी बिक्री गर्दै स्थानीय महिला । उत्पादन स्थानीय बजारमा बिक्री नभएपछि किसानहरु चिन्तित छन् ।

सिराहा लाहान-४ झुट्कीका किसान बजारमा साग बिक्री गर्न जान नपाएपछि बस्तुभाउलाई दिने गर्छन् । लकडाउनका कारणले गर्दा पुलिसले बजार जान नदिएपछि किसानको लगानी सबै खेर गएको छ ।

धनुषा जिल्लाको जनकपुर रेल स्टेसन हुँदै खाली खुट्टा तरकारी टाउकोमा राखेर बिक्रीको लागि लिए जाँदै स्थानीय महिला ।

धनुषाको दसगजा क्षेत्रको जमुनीघाटमा भैंसीलाई नुहाइदिँदै एक महिला । तराईमा गर्मी बढेसँगै भैंसीलाई नजिकैका तलाउ–पाेखरीमा लगेर नुहाइदिने गरिन्छ ।

धनुषाको दसगजा क्षेत्रको जमुनीघाटकाे स्थानीय खोलामा जाल हान्दै मछवारा ।

धनुषाको दसगजा क्षेत्रको जमुनीघाटकाे स्थानीय खोलामा जाल हानेपछी माछा टिप्दै मछवारा ।

सिराहा लाहानका एक स्थानीय भैंसी माथि चढेर भैंसी चराउन जाँदै ।


प्रकाशित : असार ५, २०७७ १३:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×