झरुवारासीमा झ्वाम्म [तस्बिरहरु]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — ललितपुरको गोदावरी नगरपालिका झरुवारासीस्थित कर्मनाशा खोलाबाट निस्केको सानो झरनामा रमाउँदै युवाहरु । हिउँदको बेला खासै पानी नहुने उक्त खोलामा बर्खाको बेलामा भने बाढी नै आउने गरेको स्थानीय बताउँछन् । उपत्यकामा गर्मी बढेसँगै वरिपरिका खोलानाला तथा झरनाहरुमा घुमघाम गरेर रमाइलो गर्न र नुहाउन जाने युवाहरुको संख्या बढेको छ ।


प्रकाशित : श्रावण २६, २०७७ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्

सरकारले कोरोनाबाट बचाउँछ भन्ने सोचेर नबसौं, आफैं सुरक्षित रहौं : कांग्रेस

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल कांग्रेसले कोरोना भाइरस नियन्त्रणमा सरकार असफल भएको बताएको छ । सरकारले कोरोना संक्रमणबाट जनताको सुरक्षा गर्न नसक्ने भएकाले आफै सुरक्षीत रहन पनि उसले आग्रह गरेको छ । कांग्रेसले गठन गरेको कोभिड- १९ सम्बन्धी अनुगमन समितिले कोरोना नियन्त्रणमा सरकारी संयन्त्रहरू पूर्ण रूपमा असफल भएकाले जनतालाई आफै सुरक्षित रहन आग्रह गरेको हो । 

कांग्रेस पार्टी कार्यालय सानेपामा सोमबार पत्रकार सम्मेलन गरेर समितिका संयोजक प्रकाशशरण महतले सरकारले सुरक्षित गर्छ भन्ने सोचेर नबस्न सबैमा आग्रह गरेका हुन् । उनले भने, ‘सरकारले गर्ला र हामी सुरक्षीत हौंला भनेर नबसौं । आफूले आफैंलाई सुरक्षित गर्नुपर्‍यो । आफैं सुरक्षित हुने तरिका खोज्नुपर्‍यो । आफ्नो सहपाठी, साथीभाई, टोल छिमेकलाई सुरक्षित रहन र सचेतना अभियानलाई अगाडि बढाउन सबैलाई आह्वान गर्छौं ।’

महतले मास्क लगाउन, भौतिक दूरी अनिवार्य रूपमा कायम गर्न, स्यानेटाइजर प्रयोग गर्न र अनावश्यक रूपमा बाहिर हिँडडुल नगर्न पनि आग्रह गरेका छन् ।

सरकारलाई तत्काल कोरोना नियन्त्रणको जिम्मेवारी प्रभावकारी नेतृत्वलाई दिन पनि महतले आग्रह गरेका छन् । सरकारले स्वास्थ्य मन्त्रालयमा योग्यता, वरिष्ठता र व्यवसायिकतालाई वेवास्ता गर्दा नेतृत्व प्रभावकारी नदेखिएको उल्लेख गर्दै उनले वरिष्ठता र व्यवसायिकताका आधारमा मन्त्रालयमा जिम्मेवारी दिन आग्रह गरेका हुन् ।

समितिले आवश्यक संख्यामा भेन्टिलेटर, अस्पताल बेड, आइसियू कक्ष, अक्सिजन र अन्य स्वास्थ्य उपकरणहरूको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ । स्वास्थ्यकर्मी र संलग्न सहयोगीहरूको हौँसला कायम राख्न, कोभिड- १९ जोखिम भत्ता तत्काल व्यवस्थान गर्न पनि समितिले सरकारसँग माग गरेको छ ।

लकडाउन खुला भए पनि आर्थिक, सामाजिक क्षेत्र पूर्णरूपमा सूचारु हुने अवस्था नरहेकाले यी क्षेत्रमा जोखिम न्यून गर्न सरकार गम्भीर हुन समितिले आग्रह गरेको महतले बताए । सीमा प्रवेशमा कडाई गर्नुपर्ने, सम्भावित संक्रमित ठाउँहरूको सघन अनुगमनका आधारमा परीक्षणको दायरा व्यापक बनाउनुपर्ने माग पनि कांग्रेसले गरेको छ ।

पूर्ण लकडाउन देशले धान्न सक्ने अवस्था नभएकाले परीक्षणको नतिजाको आधारमा संक्रमित ठाउँहरूका लक्षित लकडाउन र आइसोलेसनको व्यवस्था गर्न पनि कांग्रेसले माग गरेको छ । खाडी देशहरूमा रोजगारी गुमाएर, भिसा अवधि सकिएकालाई तत्काल स्वदेश फिर्ता गर्न र आर्थिक अभावमा रहेका नागरिकलाई सहयोग गर्न सम्बन्धित कूटनीतिक निकायलाई परिचालन गर्न पनि समितिले माग गरेको छ ।

प्रकाशित : श्रावण २६, २०७७ १७:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×