कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

राष्ट्रिय फुटबल टोलीका खेलाडीको कोरोना परीक्षण

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — विश्वकप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीको सोमबारदेखि कोरोना परीक्षण सुरु भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार पहिलो दिन काठमाडौं बाहिरबाट आएका ११ जना खेलाडीको परीक्षणका लागि स्वाब संकलन गरिएको छ । बाँकी खेलाडी र प्रशिक्षण टिमका सदस्यहरुको भने मंगलबार स्वाब संकलन गरिनेछ ।

एन्फाले भदौ १ देखि टिमको प्रशिक्षण सुरु गर्ने योजना बनाएको छ र त्यसका लागि टिममा बोलाइएका खेलाडीमध्ये काठमाडौं बाहिरका ११ खेलाडीलाई होटलमा क्वारेन्टाइनमा राखिएको छ । काठमाडौंभित्रका २२ खेलाडी भने आ-आफ्नो घरमै क्वारेन्टाइनमै छन् । एन्फाका अनुसार प्रशिक्षण टिमका सदस्य र कर्मचारीको कोरोना परीक्षण गरिनेछ ।

एन्फाको सातदोबोटो स्थिति कार्यालय भवन, मैदान र होस्टल पनि निर्मलीकरण गर्ने काम भइरहेको छ । नेपालले विश्वकप छनोटअन्तर्गतका तीन खेल आफ्नो घरेलु मैदानमा खेल्न बाँकी छ ।

प्रकाशित : श्रावण २६, २०७७ १२:५९
प्रतिक्रिया
पठाउनुहोस्