२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

सरकारविरुद्ध साझाको 'प्रतिस्थापन कला विद्रोह' [तस्बिरहरु]

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — सरकारले नागरिकप्रतिको दायित्व पूरा नगरेको भन्दै साझा पार्टीले फरक शैलीमा विरोध जनाएको छ । उपत्यका विशेष साझा अभियानले शनिबार पाटन दरबार स्क्वायरमा '३६५ दिन नै गाईजात्रा : प्रतिस्थापन कला विद्रोह' आयोजना गरेको हो ।

विपदमा राज्य नागरिकप्रतिको दायित्वबाट बिमुख हुँदै गएको र उल्टै भ्रष्टाचार झांगिएकाले त्यस विषयमा सरकारलाई झकझक्याउने प्रयास स्वरुप कार्यक्रम राखिएको साझाका सहप्रवक्ता शरदराज पाठकले बताए । उनले विपद्‍ व्यवस्थापन, भ्रष्टाचार रोकथाम, विभिन्न घटनामा पीडितलाई न्याय दिलाउने लगायतका काम गर्न सरकार लगभग असफल भएको आरोप लगाए ।

साझाका केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले कोरोना महामारीको बीचमा पनि प्रतिस्थापन कला विद्रोहमार्फत सरकारलाई सन्देशमूलक खबरदारी दिने खोजिएको बताए । यति, ७० करोड काण्ड, निर्मला हत्याकाण्ड, एसिड आक्रमण, गीता ढकालका हत्यारा रञ्‍जन कोइरालालाई उन्मुक्ति, नवराज बिक हत्या लगायतका विषयमा रचनात्मक किसिमले सरकारलाई खबरदारी गरिएको जनाए । उनले विरोधका क्रममा मास्क र पन्जा अनिवार्य गराउँदै भौतिक दुरी कायम गरिएको बताए ।


प्रकाशित : श्रावण २४, २०७७ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्