सरकारविरुद्ध साझाको 'प्रतिस्थापन कला विद्रोह' [तस्बिरहरु]

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — सरकारले नागरिकप्रतिको दायित्व पूरा नगरेको भन्दै साझा पार्टीले फरक शैलीमा विरोध जनाएको छ । उपत्यका विशेष साझा अभियानले शनिबार पाटन दरबार स्क्वायरमा '३६५ दिन नै गाईजात्रा : प्रतिस्थापन कला विद्रोह' आयोजना गरेको हो ।

विपदमा राज्य नागरिकप्रतिको दायित्वबाट बिमुख हुँदै गएको र उल्टै भ्रष्टाचार झांगिएकाले त्यस विषयमा सरकारलाई झकझक्याउने प्रयास स्वरुप कार्यक्रम राखिएको साझाका सहप्रवक्ता शरदराज पाठकले बताए । उनले विपद्‍ व्यवस्थापन, भ्रष्टाचार रोकथाम, विभिन्न घटनामा पीडितलाई न्याय दिलाउने लगायतका काम गर्न सरकार लगभग असफल भएको आरोप लगाए ।

साझाका केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले कोरोना महामारीको बीचमा पनि प्रतिस्थापन कला विद्रोहमार्फत सरकारलाई सन्देशमूलक खबरदारी दिने खोजिएको बताए । यति, ७० करोड काण्ड, निर्मला हत्याकाण्ड, एसिड आक्रमण, गीता ढकालका हत्यारा रञ्‍जन कोइरालालाई उन्मुक्ति, नवराज बिक हत्या लगायतका विषयमा रचनात्मक किसिमले सरकारलाई खबरदारी गरिएको जनाए । उनले विरोधका क्रममा मास्क र पन्जा अनिवार्य गराउँदै भौतिक दुरी कायम गरिएको बताए ।


प्रकाशित : श्रावण २४, २०७७ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्

सप्तरीमा शनिबार ७ जनामा कोरोना पुष्टि 

कान्तिपुर संवाददाता

राजविराज — सप्तरीमा शनिबार साँझ ७ जनामा कोरोना पुष्टि भएको छ । 

राजविराज नगरपालिकाका ७ जनामा कोरोना पुष्टि भएको गजेन्दरनारायण सिंह अस्पताल का मेडिकल सुपरिटेन्डेन्ट डा रञ्जित झाले जानकारी दिए । यो समेत जिल्लामा कोरोना संक्रमितको संख्या ५६४ पुगेको छ ।

प्रकाशित : श्रावण २४, २०७७ १८:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×