कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तस्बिरमा कीर्तिपुर र वसन्तपुरको गाईजात्रा

तस्बिर : बिजु महर्जन, तस्बिर : इलिट जोशी

काठमाडौँ — भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा उपत्यकाका विभिन्न स्थानमा मनाइँदैछ ।

गाईजात्रामा एक वर्षभित्र दिवंगत आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिंगारी आ-आफ्नो इलाकामा परिक्रमा गराइने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा छ । नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

कोरोना महामारीका कारण यसपटक कीर्तिपुरको पाँगामा मनाइने धुसीमा सापरु अर्थात गाइजात्रामा त्यति रौनक देखिएन । गाईजात्रामा सहभागीहरु पनि मास्क र स्यानिटाइजर लगाएर उपस्थित भएका थिए ।

वसन्तपुरको गाईजात्रा

प्रकाशित : श्रावण २०, २०७७ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्

चितवन र पर्सा निकुञ्जले थेग्न सक्छन्– १७५ बाघ

बाघको संख्या घट्नुमा निकुञ्जको भारवहन क्षमतामाथि प्रश्न उठिरहँदा दुई वर्ष लगाएर गरिएको अध्ययनले चितवनमा १३६ र पर्सामा ३९ वटा बाघ रहन सक्ने देखाएको छ ।
अब्दुल्लाह मियाँ

काठमाडौँ — सन् २०१३ मा १ सय २० वटा बाघ पाइएको चितवन निकुञ्जमा २०१८ को गणनामा त्यो संख्या स्वात्तै ९३ मा झर्‍यो । देशकै पहिलो निकुञ्जको यस्तो परिणाम बाहिरिँदा विश्वसमुदायमा नकारात्मक सन्देश जान सक्ने ठानेर वन मन्त्रालयले केही समय प्रतिवेदन नै रोक्यो ।

सरोकारवालाहरूले निकुञ्जको भारवहन क्षमता नै कम भएकाले बाघको संख्या घटेको हुन सक्ने सम्भावना औंल्याउँदै चिन्ता दर्साए । तर भर्खरै सार्वजनिक अध्ययन प्रतिवेदनले उनीहरूलाई राहत दिएको छ ।

प्रतिवेदनले चितवन र पर्सा निकुञ्ज (चितवन–पर्सा कम्प्लेक्स) ले १७५ वयष्क बाघ थेग्न सक्ने निष्कर्ष निकालेको छ । अहिले चितवनमा ९३ र पर्सामा १८ गरी १ सय ११ वयष्क बाघ छन् । निकुञ्ज विभागले दुई वर्ष लगाएर ‘एसेस्मेन्ट अफ इकोलोजिकल क्यारिङ क्यापासिटी अफ रोयल बंगाल टाइगर इन चितवन–पर्सा कम्प्लेक्स, नेपाल’ अध्ययन गरेको हो । प्रतिवेदनअनुसार चितवन निकुञ्जले १३६ र पर्सा निकुञ्जले ३९ वटा बाघ थेग्न सक्छन् ।

सन् २०१८ को गणनाअनुसार चितवन–पर्सासहित बर्दिया, बाँके र शुक्लाफाँटा निकुञ्जमा गरी २ सय ३५ वयष्क बाघ छन् । सरकारले सन् २०१० मा रूसको पिटर्सबर्गमा भएको सम्मेलनमा सन् २०२२ सम्म बाघको संख्या दोब्बर पार्ने प्रतिबद्धता जनाएको थियो । त्यति बेला नेपालमा बाघको संख्या १२१ थियो । बाघको संख्या बढाउनका लागि सरकारले सन् २००९ मा बाँके निकुञ्ज घोषणा गरेको थियो ।

यसरी गरियो अध्ययन

बाघले एक वर्षमा सिकार गर्ने आहारा प्रजातिको उपलब्धता र दैनिक खाने मासुको परिमाणका आधारमा चितवन र पर्सा निकुञ्जले थेग्न सक्ने बाघको संख्या एकिन गरिएको हो । निकुञ्जहरूको ‘इकोलोजिकल क्यारिङ क्यापासिटी’ हेर्दा एउटा वयष्क बाघका लागि एक दिनमा ५ देखि ६ किलो मासु चाहिने यकिन भयो । यो हिसाबले करिब दुई सय किलो तौल हुने वयष्क बाघलाई वर्ष दिनका लागि सरदर २ हजार किलो मासु आवश्यक देखियो । यसका लागि १ सय वर्ग किलोमिटर क्षेत्रफलमा २० हजार किलो मासु भएको आहारा प्रजाति आवश्यक पर्ने अध्ययन टोलीले ठहर्‍यायो ।

चितवन र पर्सा निकुञ्जमा गरिएको अध्ययनअनुसार बाघका आहारामध्ये गौरीगाई, नीलगाई, जरायो, अर्नाभन्दा साना प्रजाति चित्तल, लगुना मृग, रतुवा मृग, जंगली बँदेलको घनत्व बढी पाइएको छ । चितवनमा प्रतिवर्ग किमि क्षेत्रमा ५२ र पर्सामा १४ वटा चित्तल छन् । चितवनमा चित्तललगायत प्रजातिका लागि अत्यावश्यक घाँसे मैदान र सिमसार क्षेत्र पर्सामा भन्दा बढी छ ।

चितवनमा जम्मा वासस्थान रहेको घाँसे मैदान ८९५५.२ हेक्टर छ । यो कोर एरियाको ९.६ प्रतिशत हो । चितवनमा मध्यवर्ती क्षेत्रमा १५४१.९ हेक्टर घाँसे मैदान छ । पर्सा निकुञ्जमा ५३० हेक्टर घाँसे मैदान वासस्थानका रूपमा छ । यो कोर एरियाको ०.८५ प्रतिशत मात्र हो । बाघका आहारा प्रजातिको संख्या विस्तारमा घाँसे मैदानको महत्त्वपूर्ण भूमिका हुन्छ ।

चितवनमा बाघको आहार प्रजाति चित्तल ।

चितवनमा सबै प्रजातिका आहारको उपलब्धता ७१.५८ र चित्तलको उपलब्धता ५१.९५ छ । त्यस्तै पर्सामा सबै प्रजातिको उपलब्धता ३०.९१ र चित्तलको उपलब्धता १३.९६ छ । चितवन निकुञ्जमा सन् २०१३ मा बाघका आहार प्रजातिको घनत्व प्रतिवर्गकिमिमा ७३.६३ थियो । त्यो बेला चितवनमा १ सय २० वटा वयष्क बाघ थिए । पर्सा निकुञ्जमा पनि सन् २०१३ र २०१८ मा भन्दा आहार प्रजातिको घनत्व बढेको छ । सन् २०१३ मा प्रतिवर्गकिमि २५.३३ र २०१८ मा २२.२ रहेकामा भर्खरै सकिएको अध्ययनले ३०.९१ देखाएको छ ।

निकुञ्ज विभागका निमित्त महानिर्देशक रामचन्द्र कँडेलले निकुञ्जभित्र उपलब्ध आहार प्रजातिको हिसाबले पनि अहिलेभन्दा बढी बाघ थेग्न सक्ने वैज्ञानिक आधार अध्ययनबाट पत्ता लागेको बताए ।

‘गौरी गाई र नीलगाईलाई समेत समावेश गर्ने हो भने त आहार प्रजातिको उपलब्धता अझ बढी हुन्छ,’ उनले भने, ‘अहिले गौरी गाई र नीलगाईलाई मार्जिन आहार प्रजातिका रूपमा राखिएको छ ।’

निकुञ्जको कोर एरियाभन्दा बाहिरका जैविक मार्ग र त्यस क्षेत्रमा उपलब्ध आहार प्रजातिका साथै निकुञ्जसँगै रहेका बस्तीको एकीकृत व्यवस्थापन गर्न सके बाघको संख्या बढ्नुका साथै मानव–बाघ द्वन्द्वसमेत न्यून हुने उनको विश्लेषण छ ।

दुवै निकुञ्जमा बाघको घनत्व दुई वर्षअघिभन्दा उल्लेख्य बढेको छ । ९५२.६३ वर्ग किमिमा फैलिएको चितवन निकुञ्जमा दुई वर्षअघि प्रति १ सय वर्गकिमिमा बाघको घनत्व ३.८१ रहेकामा अहिले १४.५ पुगेको छ । पर्सामा पनि बाघको घनत्व प्रति एक सय वर्गकिमि १.४९ बाट बढेर ६.२२ पुगेको छ ।

हात्ती चढेर चितवन निकुञ्जमा बाघका आहार प्रजातिको अध्ययन गर्दै टोली ।

दुईवर्षे अध्ययनको प्राविधिक समितिमा विभागका तत्कालीन उपमहानिर्देशक रामचन्द्र कँडेल, मन्त्रालयका उपसचिव रामचन्द्र खतिवडा, विभागका उपसचिवहरू वेदकुमार ढकाल र हरिभद्र आचार्य थिए । वन्यजन्तु संरक्षणमा सहयोगी संस्थाहरू राष्ट्रिय प्रकृति संरक्षण कोषका विज्ञ नरेश सुवदी, जेडएसएल नेपालका वन्यजन्तुविज्ञ भगवानराज दाहाल, डब्लूडब्लूएफ नेपालका कञ्चन थापासमेत समितिमा थिए ।

उक्त अध्ययनका लागि अन्तर्राष्ट्रिय विज्ञका रूपमा जुलोजिकल सोसाइटी अफ लन्डन (जेडएसएल) का राजन अमिन र प्यान्थेरा नामक संस्थाका अभिषेक हरिहर नेपाल आएका थिए । कोषअन्तर्गतको जैविक विविधता संरक्षण केन्द्र (बीसीसी), सौराहाका वन्यजन्तुविज्ञ बाबुराम लामिछाने र कोषका अर्का विज्ञ चिञ्जीवी पोखरेल, डब्लूडब्लूएफ नेपालकी सविता मल्ल र जेडएसएल नेपालका शैलेन्द्रराज गिरी तथा विभागका हेमराज आचार्य र भुपेन्द्र यादबले प्राविधिक सहयोग गरेका थिए ।

जेडएसएल नेपालका तराई कार्यक्रम प्रबन्धक भगवानराज दाहालले अहिले पाइएका आहार प्रजातिको घनत्व बाघको संख्या बढाउन सहयोग पुग्ने स्तरको भएको टिप्पणी गरे । ‘अरू देशमा बाघका आहार प्रजातिको उपलब्धता पनि हामीकहाँ पाइएजस्तै नै हो,’ उनले भने । वन्यजन्तुविज्ञ लामिछानेले पनि अहिलेको आहार प्रजातिको उपलब्धताले प्राकृतिक वासस्थानमा बाघको संख्या बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले भने, ‘सानाभन्दा ठूला प्रजातिको घनत्व बढी भए अझ राम्रो हुन्थ्यो ।’

प्रकाशित : श्रावण २०, २०७७ १२:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×