२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

जनैपूर्णिमा : सुनसान छन् मठ मन्दिर [तस्बिरहरु]

तस्बिर : हेमन्त श्रेष्ठ, तस्बिर : इलिट जोशी

काठमाडौँ — आज जनैपूर्णिमा । बिहानैदेखि भक्तजनलाई टीका लगाई हातमा रक्षा बन्धन (डोरो) बाँध्ने, जनै फेर्ने र पूजा गरेर जनैपूर्णिमा मनाइँदैछ । तर यसपटक भने कोरोना भाइरस(कोभिड-१९) महामारीका कारण विभिन्न मठ मन्दिरमा भीडभाड भने छैन । 

ललितपुरको बंगालमुखीस्थित कुम्भेश्वरमा यसपटक ३० जनालाई मात्र पास वितरण गरिएको थियो । उनीहरुलाई नियमित पूजाआजाका लागि पास वितरण गरिएको हो । त्यसैगरी पशुपतिनाथलगायतका मन्दिरमा पनि यस पटक सामान्य दर्शनार्थीको उपस्थिति कम रहेको छ ।

नेपालको तराई क्षेत्रमा आजको दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर यो पर्व मनाउने प्रचलन पनि रहेको छ ।


प्रकाशित : श्रावण १९, २०७७ १३:०४
प्रतिक्रिया
पठाउनुहोस्