कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बकर इदमा सुनसान जामे मस्जिद [तस्बिरहरु]

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — आज (शनिबार) मुस्लिम धर्मावलम्बीहरुको बकर इद (इदुल जोहा) हो । बकर इदको दिन नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्ने गरेको भएपनि कोरानाका कारण यो वर्ष भने सुनसान देखिएको छ ।

विश्वव्यापी बनेको कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मुस्लिम समुदायले घरघरमै नवाज पढेर बकर इद मनाएका छन् । राष्ट्रिय मुस्लिम आयोगले बकर इदमा घरघरमै बसेर नवाज पढ्न आग्रह गरेको थियो ।

रमजान पर्वको ७० औं दिनमा मनाइने मुस्लिम समुदायको दोस्रो महान पर्व बकर इदमा बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गइ सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एक आपसमा अंकमाल गर्दै शुभकामना आदान प्रदान गर्ने गर्छन् ।

इदका अवसरमा मक्का मदिना जानु शुभ मानिने भए पनि यस वर्ष कोरोनाका कारण अन्तर्राष्ट्रिय उडानसमेत बन्द रहेको छ । जसका कारण हजयात्री मक्का मदिना जान पाएका छैनन् । यस पर्वमा अल्लाहलाई खुशी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बलि) दिने गर्दछन् ।


प्रकाशित : श्रावण १७, २०७७ १३:३५
प्रतिक्रिया
पठाउनुहोस्