१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

उपत्यका प्रवेश गर्नेको नागढुंगामै स्वाब संकलन [तस्बिरहरू]

तस्बिर : इलिट जोशी

काठमाडौँ — राजधानीमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि उपत्यका प्रवेशको मूख्य नाका नागढुंगामा नै यात्रीहरुको परीक्षणका लागि स्वाब संकलन थालिएको छ । स्वास्थ्य मन्त्रालय र चन्द्रागिरी नगरपालिका मिलेर थालिएको यो अभियानमा दिनको एक हजार जनाको स्वाब संकलन गर्ने लक्ष्य लिइएको छ ।

साउन १० गतेबाट स्वाब संकलन सुरु गरिएकोमा तीन दिनमा ३४ सय जनाको स्वाब संकलन गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए ।


प्रकाशित : श्रावण १२, २०७७ १८:२६
प्रतिक्रिया
पठाउनुहोस्