तयार हुनै लागेको च्यासल फुटबल मैदानमा मनोहराको भेल पसेपछि [तस्बिरहरु]

शब्द/तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — च्यासल फुटबल मैदानको निर्माण सकिन लागेकै बेला वर्षाको भेलले प्रभावित हुन पुगेको छ ।

काठमाडौंमा दशरथ रंगशालाको विकल्पको रुपमा हेरिएको ललितपुर महानगरपालिका–९ मा वाग्मती किनारमा रहेको यो रंगशालामा पछिल्लो ३–४ दिनको वर्षापछि खोलाको बाढी पसेको थियो । मनोहरा खोलामा आएको बाढी मैदानभित्र पसेपछि कामदार लगाएर मैदान भित्र र प्यारापिट मुनिको भागको हिलो निकालिएको थियो ।

२०७४ को वैशाखमा निर्माण कार्य सुरु गरिएको च्यासललाई २०७७ को जेठमा रंगशालाको अन्तिम रुप दिने योजना थियो । तर निर्माण कार्य तोकिएको समयमा सम्पन्न हुने सम्भावना न्यून हुँदै गएको अवस्थामा कोभिड–१९ को महामारी थपिएको थियो भने अहिले खोलाको भेल नै मैदानभित्र पसेकोले थप प्रभावित हुन पुगेको छ ।


प्रकाशित : श्रावण ९, २०७७ १३:१२
प्रतिक्रिया
पठाउनुहोस्