लकडाउन हटेपछिको काठमाडौं [तस्बिरहरु]

तस्बिर : कविन अधिकारी, तस्बिर : अंगद ढकाल

काठमाडौँ — सरकारले मंगलबार रातिबाट लकडाउन हटाएसँगै काठमाडौं उपत्यकामा चहलपहल बढेको छ । कोरोना नियन्त्रणका लागि सरकारले लागू गरेको जोरबिजोर प्रणाली पनि बुधबारदेखि हटेको छ ।

जोरबिजोर प्रणाली हटेसँगै काठमाडौंका न्युरोड, असन, भोटाहिटीलगायतका क्षेत्रमा किनमेल गर्नेको पनि भीडभाड देखिन थालेको छ ।

त्यस्तै सरकारी कार्यालयमा लागू गरिएको दुई सिफ्टमा काम गर्ने प्रणाली पनि बुधबारदेखि नै हटाइएको छ । सरकारले जनजीवनलाई सामान्य रुपमा फर्काउन भन्दै लकडाउन हटाएको बताएको छ ।


प्रकाशित : श्रावण ७, २०७७ १४:१३
प्रतिक्रिया
पठाउनुहोस्