१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

वाग्मतीमा बाढी [तस्बिरहरु]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — केही दिनदेखिकाे लगातारको वर्षाले वाग्मती नदीमा बाढी आएको छ । काठमाडौं उपत्यकालगायत देशैभरि भारी वर्षा भइरहेको छ । वर्षासँगै उपत्यकाका अन्य नदीहरुमा पनि पानीकाे सतह बढिरहेकाे छ । वर्षाका कारण वाग्मती करीडोरका सानेपा, टेकु, बल्खु लगायतका स्थानहरुमा नदीको सतह बढेको छ । पानीको सतह बढेपछि नदी किनारका स्थानीयहरु त्रसित बनेका छन् । लगातारको वर्षाले काठमाडाैं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा बाढीको असर देखिन थालेको छ ।


प्रकाशित : श्रावण ५, २०७७ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्