कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

साउनको पहिलो सोमबार बाहिरैबाट पशुपति दर्शन [तस्बिरहरु]

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — आज साउनको पहिलो सोमबार । हिन्दु धर्मावलम्बीहरुका लागि साउन महिना पवित्र मानिन्छ । साउने सोमबारका दिन हिन्दु धर्म मान्नेहरुले शिव मन्दिरमा गई पूजाआजा गर्ने चलन छ ।

यस पटक भने कोरोना महामारीका कारण धेरै भीडभाड हुने ठाउँहरु बन्द भएकाले मन्दिरहरु पनि पूर्ण रुपमा खुलेका छैनन् । कोरोना महामारीका कारण पशुपतिनाथ मन्दिर पनि सर्वसाधारणका लागि खुला गरिएको छैन । त्यसैले आज धेरै भक्तजनहरुले बाहिरैबाट पशुपतिनाथको दर्शन गरिरहेका छन् । कोरोनाका कारण शिव मन्दिरहरुमा विगतमा जस्तो भीडभाड भने छैन ।

सरकारको प्रोटोकलअनुसार आउँदो सोमबारदेखि पशुपतिनाथ सर्वसाधारण खोलिने तयारी भइरहेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले जानकारी दिए ।

प्रकाशित : श्रावण ५, २०७७ १२:३४
प्रतिक्रिया
पठाउनुहोस्