२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

उपत्यकामा गुड्न थाले बस [तस्बिरहरु]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — काठमाडौं उपत्यकाका सडकमा फाट्टफुट्ट सार्वजनिक बस चल्न थालेका छन् । सोमबार मयुर यातायात, संयुक्त यातायात, मनमैंजु यातायात लगायतका केही बस चलेका हुन् ।

बस चलेपनि तिनमा सवार यात्रुको संख्या भने न्यून थियो । बसहरुमा सेनिटाइजरको पनि व्यवस्था गरिएको छ । यात्रुहरुले दूरी कायम गरी यात्रा गरेका छन् ।

सरकारले गत शुक्रबार सुरक्षा मापदण्ड अपनाउँदै ५० प्रतिशत यात्रु राखी सार्वजनिक सवारी साधन चलाउन मिल्ने बताएको थियो ।


प्रकाशित : असार २९, २०७७ १४:५२
प्रतिक्रिया
पठाउनुहोस्