बाढीपछि अस्तव्यस्त बाह्रबिसे [तस्बिरहरु]

अनिश तिवारी

सिन्धुपाल्चोक — अविरल वर्षापछि बाढी र पहिरोले भोटेकोसीको सतहसँगै तटीयक्षेत्रमा रहेको बाह्रसिबे नगर जम्बु, सिरिसे खाग्दल बजार सबै बुधबार मध्यरातमा कटानमा परेपछि स्थानीय प्रभावित बनेका छन् । जम्बु वरिपरिसम्म बाढीले क्षतविक्षत बनाएपछि २ दर्जनभन्दा परिवार विस्थापित बनेका छन् । ‘यो बर्खापिच्छै दोहोरिरहेको छ, थातथलो यही हो जाने पनि कहाँ भनेर अन्योलमा छौं,’ खाग्दल बजारका सुवास श्रेष्ठले भने ।

अरनिको राजमार्गको ड्याम, जुरे, साधीखोल्सा, जलेटार ब्यारेकमुनी भाग, बाह्रबिसे इप्रका चौकी छेउ, खाग्दलदेखि जम्बु, बजारसम्मको वरिपरिका सडक र पुल सबै खोलाले बगाएपछि यहाँको जनजीवन अस्तव्यस्त बनाएको छ । ‘खाग्दलमा सबै कुरा बगायो, न अन्न छ न त कपडा हामी त बेसाहाराजस्तै भएका छौ, यहाँबाट न बाह्रबिसे जान सकिन्छ न जम्बु पारी ,’उनले भने ।

काभ्रे र एल्मो ठाडो खोलाले थुनेपछि बाह्रबिसे नगर वडा ५ गाती जम्बु बजारका १६ जना बेपत्ता भएका छन् । ठाडो बर्कुटे खोलाले बगाएर २ घर भोटेकोसीमा खस्दा भोटेकोसी गाउँपालिका वडा ५ बर्कुटेका एकै परिवारका ४ जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेकाअनुसार बुधबार राति साढे १२ बजे जम्बु र खाग्दल, बर्कुटेका भोटेकोसी बाढीको कटानमा परेपछि ३६ घर बगेका छन् । ‘हालसम्म जम्बु निवासी २० वर्षका निकेश बस्नेत र उनकी ३ वर्षीया छोरी निहानाको मात्रै शव फेला परेको छ, अझै २० जना पत्ता बेपत्ता छन्, उनीहरुको सेना ,प्रहरी र स्थानीय मिलेर खोजी भइरहेको छ, ’ उनले भने । जम्बु बजारका ३ र बर्कुटेका २ वटा घाइतेलाई हेलिकप्टरबाट उद्धार गरी काठमाडौं लगिएको छ । जसमा १ जना ह्यान्स अस्पतालमा उपचाररत छन् भने ४ जना काठमाडौं उपचारर्थ विभिन्न अस्पताल लगिएको छ ।

प्रकाशित : असार २५, २०७७ २१:२२
प्रतिक्रिया
पठाउनुहोस्