कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

बसन्तपुरमा मैनबत्ती बालेर सरकारको विरोध [तस्बिरहरु]

शब्द/तस्बिर: संजोग मानन्धर

काठमाडौँ — सरकारको कोभिड १९ को प्रतिकार्य प्रभावकारी नभएको भन्दै बसन्तपुर दरबार स्क्‍वायरमा बिहीबार मैनबत्ती बालेर शान्तिपूर्ण विरोध गरिएको छ । युवाको बाहुल्य रहेको विरोध कार्यक्रममा उनीहरुले विभिन्न नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । सहभागीहरुले हाम्रो जीवन रक्षा गर, सरकार तिम्रो पाराले दु:ख पायो साराले, खराब सिस्टम सिकार हामी लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।


प्रकाशित : असार १८, २०७७ २०:०३
प्रतिक्रिया
पठाउनुहोस्