१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

बालुवाटारको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीको हस्तक्षेप

तस्बिर : दीपक केसी

काठमाडौँ — सरकारको विरोधमा बुधबार बालुवाटारमा गरिएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । कोरोना रोकथाममा असफल भएको, भ्रष्टचारमा मुछिएको र पूर्णरुपमा पीसीआर परीक्षण नगरी आरडिटी गरिएको भन्दै इनफ इज इनफ समूहले सरकारविरुद्ध प्रदर्शन गरेको हो । प्ले कार्डसहित उपस्थित युवाहरुको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरि १५ जनालाई नियन्त्रणमा लिएको छ । युवाहरुले निषेधित क्षेत्रभन्दा बाहिर प्रदर्शन गरे पनि प्रहरीले निषेधित क्षेत्र भन्दै उनीहरुलाई पक्राउ गरेको आयोजकले बताएका छन् ।


प्रकाशित : असार १७, २०७७ २०:०१
प्रतिक्रिया
पठाउनुहोस्