१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

'फेसशिल्ड' लगाएर निःशुल्क योग

तस्बिर : अनिस रेग्मी

काठमाडौँ — ललितपुरको जावलाखेलस्थित तिब्बती शरणार्थी क्याम्पका शरणार्थीहरुलाई मे १७ देखि निःशुल्क योग सेवा दिन थालिएको छ । नोर्बूलिंका स्पोर्टस क्लबले हरेक दिन सवेरै ५० देखि ७० जना शरणार्थीहरुलाई निःशुल्क रुपमा योग अभ्यास गरिरहेको छ । क्लबले योगका लागि आउनेहरुलाई निःशुल्क रुपमा मास्क र फेस शिल्ड पनि उपलब्ध गराएको छ । क्लबले आफ्नै पहलमा मास्क र फेस शिल्ड निर्माण गरेर वितरण गरिरहेको क्लबका सञ्चालक समिति सदस्य पेम्बा शेर्पाले बाए ।

क्लबले योग अभ्यास गर्न आउनेहरुलाई उमेर अनुसार दुईवटा समूहमा विभाजन गरेको छ । ६० वर्षभन्दा कम उमेरकालाई एउटा समूह र माथिका लाई अर्को समूहमा विभाजन गरेर योग सिकाइने गरिएको छ । ६० भन्दा माथिकालाई दैनिक ३० मिनेटसम्म योग सिकाइन्छ ।


प्रकाशित : असार १७, २०७७ १५:१२
प्रतिक्रिया
पठाउनुहोस्