कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिलो खेलेर धान दिवसमा रमाइलो [फोटो फिचर]

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — आज असार १५, विविध कार्यक्रम गरी देशैभर धान दिवस मनाइँदैछ । असार १५ किसानहरुका लागि विशेष दिन हो । आजको दिन किसानहरु खेतमा रोपाइँका साथै दहीच्युरा खाएर धान दिवस मनाउने गर्छन् ।

खेतमा रोपाइँका साथै एकापसमा हिलो छ्यापेर पनि किसानले रमाइलो गर्छन् । यसपालि कोरोना भाइरसको संक्रमणका कारण धेरै औपचारिक कार्यक्रम आयोजना गरिएको छैन । तर पनि किसानहरुले एकापसमा सामान्य रुपमा हिलो खेलेर रमाइलो भने गरेका छन् ।

यसै क्रममा काठमाडौंको टोखा नगरपालिका वडा नम्बर २ मा पनि सोमबार किसानहरुले रोपाइँ गरेका छन् ।


प्रकाशित : असार १५, २०७७ १४:०९
प्रतिक्रिया
पठाउनुहोस्