कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

असार १५ को रौनक [तस्बिरहरू]

तस्बिर : अनिस रेग्मी

काठमाडौँ — आज असार १५, विविध कार्यक्रम गरी देशैभर धान दिवस मनाइँदैछ । ललितपुरको खुमलटारमा पनि कृषि विभाग, कृषि अनुसन्धान परिषद्(नार्क)ले औपचारिक कार्यक्रम आयोजना गरी रोपाइँ महोत्सव मनाएको छ । कोरोना भाइरसको महामारी र सलह किराको त्रासकाबीच पनि किसानलाई प्रोत्साहन गर्न कार्यक्रम आयोजना गरिएको आयोजकले बताएको छ ।

रोपाइँ कार्यक्रममा राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले धान खेतीको विकासका लागि उन्नत जातको धानको बीउ प्रयोग गर्ने वातावरण अझै पनि बन्न नसकेको बताए । उनले अझै पनि तराईको ८० प्रतिशत भूभागमा पुराना जातहरुको रोपाइँ भइरहेको बताए । उनले कृषि अनुसन्धान र किसानको बीचमा ठूलो खाडल रहेकाले उन्नत जातको बीउ किसानले पाउन नसकेको बताए ।

त्यस्तै नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक दिपक भण्डारीले नेपालमा विकास भएका धानको बीउको प्रयोग बढाउनुपर्ने बताए । नेपालमा ‘हर्दिनाथ हाइब्रिड–१’ र ‘हर्दिनाथ हाइब्रिड–३’ जातको धान विकास भइसकेकाले यसको प्रयोग बढाउनुपर्ने उनले बताए । उनले नेपालमा परम्परागत रुपमा धान दिवस मनाइँदै आएको र यसले किसानहरुको आत्मबल बढाउने गरेको बताए ।


प्रकाशित : असार १५, २०७७ १२:३७
प्रतिक्रिया
पठाउनुहोस्