बोटमै ओइलिन्छन् फूल [तस्बिरहरु]

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — लकडाउनका कारण पुष्प व्यवसाय ठप्प बनेको छ । फूल बिक्री नहुँदा कुहिएरै जाने गरेको छ । काडमाडौंको इचङ्गुमा बुधबार महिलाहरु फूल टिप्दै थिए । कोरोना संक्रमणको जोखिमसँगै लगाइएको लकडाउनका कारण उनीहरुको व्यवसाय अहिले धरापमा परेको छ । नगन्य मात्रामा मात्रा फूल बिक्री हुने गरेको र बाँकी बोटमै कुहिएर जाने गरेको कृषकहरु बताउँछन् ।


प्रकाशित : असार १०, २०७७ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्

चितवनमा वडाध्यक्षको निधन

रमेशकुमार पौडेल

चितवन — राप्ती नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष हितबहादुर तामाङको बुधबार निधन भएको छ । ४८ वर्षीय तमाङ कलेजो सम्बन्धी रोगले पीडित थिए ।

उपचारका लागि मकवानपुर पुगेका उनको भिमफेदिीमा निधन भएको राप्ती नगरपालिका मेयर प्रभा बरालले जानकारी दिइन् ।

तामाङ तत्कालीन एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । उनको बिहीबार अन्तिम संस्कार हुने मेयर बरालले बताएकी छन् ।

प्रकाशित : असार १०, २०७७ १८:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×