२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

'चीन-भारत आवेग होइन, विवेक प्रदर्शन गर'

तस्बिर : अनिस रेग्मी, तस्बिर : इलिट जोशी

काठमाडौँ — मानव अधिकार तथा शान्ति समाज नेपालले चीन र भारतलाई विवेकको प्रयोग गर्दै युद्धको कुनै पनि सम्भावनालाई खारेज गर्न आग्रह गरेको छ । समाजले बिहीबार काठमाडौंस्थित दुवै देशको राजदूतावास अगाडि धर्ना दिँदै कूटनीतिक स्तरबाटै समस्या समाधान गर्न आग्रह गरेको हो ।

लद्दाख सीमामा चीन र भारतबीच सोमबार राति भएको हिंसक झडपपछि दुई देशबीच तनाव बढेको छ । झडपमा २० जना भारतीय सैनिकको मृत्यु भएको छ भने चीनतर्फ पनि मानवीय क्षति भएको बताइएको छ । चीनले भने मानवीय क्षतिका बारेमा अहिलेसम्म जानकारी दिएको छैन ।

झडपपछि दुई देशका उच्च सैन्य अधिकार र विदेशमन्त्री स्तरममै कुराकानी भइसकेको छ । दुवै देशले तनावलाई नबढाउने र वार्तामार्फत् नै सीमा विवाद सुल्झाउने पक्षमा रहेको बताएका छन् ।


प्रकाशित : असार ४, २०७७ १४:१३
प्रतिक्रिया
पठाउनुहोस्