कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सरकारविरुद्ध नेविसंघको प्रदर्शन [तस्बिरहरु]

तस्बिर : दीपक केसी

काठमाडौँ — नेपाल विद्यार्थी संगठन (नेविसंघ)ले सोमबार सरकारविरुद्ध प्रदर्शन गरेको छ । कोरोना भाइरस नियन्त्रणका लागि भएको १० अर्बको विवरण सार्वजनिक गर्नुपर्ने, अस्पताल र क्‍वारेन्टाइनहरुका सुविधा विस्तार गर्नुपर्ने माग राख्दै नेविसंघले प्रदर्शन गरेको हो ।

नेपाल विद्यार्थी संगठन (नेविसंघ)ले सोमबार सरकारविरुद्ध प्रदर्शन गरेको छ । कोरोना भाइरस नियन्त्रणका लागि भएको १० अर्बको विवरण सार्वजनिक गर्नुपर्ने, अस्पताल र क्‍वारेन्टाइनहरुका सुविधा विस्तार गर्नुपर्ने माग राख्दै नेविसंघले प्रदर्शन गरेको हो । त्यस्तै स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने, आरडीटी परीक्षण बन्द गरी पीसीआर परीक्षण व्यापक बनाउनुपर्ने माग पनि गरिएको छ ।

विभिन्न नारा लेखिएका प्लेकार्ड, व्यानरसहित सहभागीहरुले बिजुली बजारबाट बानेश्वरसम्म पुगेका थिए । नेविसंघ अध्यक्ष राजीव ढुंगानाले जनता मरेपछि पीसीआर परीक्षण हुने प्रवृतिको अन्त्य र रुकुम घटनाका दोषीलाई कडा कारबाही हुनुपर्ने माग गरे ।

प्रकाशित : असार १, २०७७ १६:१२
प्रतिक्रिया
पठाउनुहोस्