१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

बालुवाटार प्रदर्शनमा पानीकाे फाेहाेरा [तस्बिरहरू]

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — मंगलबार बालुवाटार क्षेत्रमा लकडाउनलाई व्यवस्थित र खुकुलो बनाउँदै कोरोना भाइरसको परीक्षण दायरा बढाउनुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले पानीको फाेहाेरा हानेको छ ।

लकडाउनका बेला कर असुलेको, पीसीआर परीक्षणको दायरा नबढाएको र महामारीका बेला राष्ट्रपति कार्यालयको कार्पेट फेर्नेलगायतका काममा सरकार व्यस्त भएको भन्दै सामाजिक अभियन्ता र सर्वसाधारणहरु विरोध प्रदर्शमा उत्रिएका थिए । केही प्रदर्शनकारीलाई प्रहरीले लकडाउन उल्लंघन गरेको भन्दै नियन्त्रणमा लिएको छ ।

काठमाडौं प्रहरी प्रवक्ता डीएसपी राजकुमार केसीले प्रधानमन्त्री निवास बालुवाटार वरपरको निषेधित क्षेत्र प्रवेश गर्ने, लकडाउन उल्लंघन गर्ने र उच्छृङ्खल गतिविधि देखाएकाले उनीहरुलाई नियन्त्रणमा लिन पानीको फोहोरा र लाठीचार्ज गरिएको बताए ।

सरकारले कोरोना भाइरस नियन्त्रणका लागि प्रभावकारी कदम नचालेको भन्दै स्वत:स्फुर्त रुपमा संगठित भएका युवाहरु प्रदर्शनमा उत्रिएका थिए । डीएसपी केसीले लकडाउन उल्लंघन गर्नेलाई कानुनअनुसार नियन्त्रणमा लिइने बताए ।


प्रकाशित : जेष्ठ २७, २०७७ १३:४९
प्रतिक्रिया
पठाउनुहोस्