१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

वर्षौंपछि हराभरा सल्यानटार

तस्बिर : हरिहरसिंह राठौर

धादिङ — मानवीय बस्ती र अन्न उत्पादनका दृष्टिकोणले देशका सबैभन्दा ठूला टारहरु मध्यको एक हो-धादिङको सल्यानटार । अघिल्ला वर्षहरुका गर्मी मौसममा सल्यानटार उराठलाग्दो र उजाड हुन्थ्यो । सिँचाई अभावका कारण घरछेउछाउका जग्गामा घैया धान र मास छर्ने सल्यानटारवासीहरुले यसपाला त्यसो गरेनन् ।

कोरोना महामारी नियन्त्रणमा सरकारले लकडाउन गरे पछि काम विशेषले घरबाहिर रहेका युवाहरु पनि फर्केका छन् । कृषिमा उपयुक्त जनशक्ति नभएका कारण वर्षौसम्म बाँझो जग्गा यसपाला खेती गरिएकोछ । सल्यानटारमा रहेको रातोमाटोमा फलेको मास देश/विदेशमा समेत लोकप्रिय छ ।

बुढीगण्डकी तथा नेत्रावती नदीको बीचमा रहेको सल्यानटार उत्तर दक्षिण फैलिएर छेउदेखि टुप्पो सम्म १४ किलोमिटर लम्बाई र ४ किमी सम्म चौडाई छ । करिव ३ हजार घरधुरी रहेको सल्यानटार प्रस्तावित बुढीगण्डकी जलविद्युत आयोजनाको जलाशयको किनारमा पर्ने भएपछि अधिकांश जग्गा बेचविखन भइसकेको छ ।

सल्यानटार लगायत स्थानीय तहका लागी आगामी आर्थिक वर्षमा कृषि उत्पादन र स्वास्थ्य क्षेत्रमा जोड दिने बजेट पर्याप्त विनियोजन गरिने त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष शम्भुकुमार थापाले बताए ।


प्रकाशित : जेष्ठ २५, २०७७ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्