२६ नेपाली लिएर काठमाडौं आयो म्यानमार एयर फोर्सको विमान

तस्बिर : इलिट जोशी, हेमन्त श्रेष्ठ, तस्बिर : कविन अधिकारी

काठमाडौँ — म्यानमारमा अलपत्र २६ जना नेपाली शुक्रबार स्वदेश फर्किएका छन् । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि सरकारले लकडाउन र अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएसँगै म्यानमारमा अलपत्र २६ जना नेपाली शुक्रबार स्वदेश फर्किएका हुन् । शुक्रबार बिहान उनीहरुलाई म्यानमारबाट म्यानमार एयर फोर्सको विमानले काठमाडौंसम्म ल्याइदिएको हो ।

म्यानमारबाट फर्किएकामध्ये वाग्मती प्रदेशका १७ जना, गण्डकी र प्रदेश एकका ४/४ जना र प्रदेशका ५ का एक जना रहेका छन् । उनीहरुलाई बसुन्धरास्थि यती पार्टी प्यालेसमा तयार पारिएको होल्डिङ सेन्टरमा राखिएको नेपाली प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिए । विमानस्थलमा उनीहरुको स्वास्थ्य जाँच गरेर सेनाले होल्डिङ सेन्टरसम्म गाडीमा ल्याएको थियो ।

उक्त विमानमा काठमाडौंमा अलपत्र परेका म्यानमारका ४३ जना नागरिकलाई फिर्ता लगिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक देवेन्द्र केसीले बताए ।


प्रकाशित : जेष्ठ २३, २०७७ १२:०४
प्रतिक्रिया
पठाउनुहोस्