कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपत्यकामा सवारी चाप बढ्यो [तस्बिरहरू]

तस्बिर : हेमन्त श्रेष्ठ, तस्बिर : इलिट जोशी

काठमाडौँ — आज लकडाउनको ७२औं दिन  । सरकारले गत चैत ११ गतेदेखि लकडाउन जारी गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३२ गते सम्मका लागि लम्ब्याउने निर्णय गरेको छ ।कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउन जारी भए पनि उपत्यकाका मुख्य सडकहरुमा सवारी साधनको चाप बढ्दै गएको छ ।

लामो समय सम्म लकडाउन हुँदा जनजीवन प्रभावित भएको र मानिसहरु काममा निस्किन थालेपछि उपत्यकाका मुख्य सडकमा सवारीसाधनको चाप बढेको हो । बुधबार उपत्यकाका विभिन्न ठाउँमा पुग्दा सवारीसाधनको आवागमन बढेको पाइएको छ । जडिबुटी, बबरमहल तथा सुन्धारा क्षेत्र केही बेर सवारी जामसमेत भएको थियो ।

प्रहरीले जाँचलाई केही खुकुलो बनाएको छ । अत्यावश्यक सेवाका सवारी साधन र पास लिएका बाहेकलाई पनि सोधपुछ गरी पठाउने गरेको छ ।


प्रकाशित : जेष्ठ २१, २०७७ ११:३४
प्रतिक्रिया
पठाउनुहोस्