पुस्तक छाप्‍न लकडाउनले छेकेन [तस्बिरहरु]

तस्बिर : कविन अधिकारी

काठमाडौँ — भक्तपुरको सानो ठिमीस्थित जनक शिक्षा सामाग्री केन्द्रले लकडाउनको बेला किताब छापिरहेको छ । नेपाल सरकारको पूर्ण स्वामित्व रहेको जनक शिक्षा सामाग्री केन्द्रमा कक्षा ५देखि १० कक्षासम्मका एक लाख थान पुस्तकहरु छापिरहेका छन् । केन्द्रको छापाखाना लकडाउनको बेला एक हप्ता बन्द भएको र त्यसपछि पुनः सुचारु भएको प्रवक्ता चित्र आचार्यले बताए १ सय २५ जना कामदारहरु जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा दैनिक रुपमा काम गर्दै आएका छन् ।


प्रकाशित : जेष्ठ १९, २०७७ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्