कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लकडाउनमा काठमाडौं उपत्यकामा देखिएका दृश्य [तस्बिरहरु]

तस्बिर : बिजु महर्जन, केशव थापा, कविन अधिकारी, तस्बिर : सन्जोग मानन्धर, दीपक केसी

काठमाडौँ — कोरोना भाइरस (कोभिड १९) को संक्रमण न्यूनिकरणका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउनले दुई महिना नाघिसकेको छ । नेपालमा कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै गएपछि सरकारले म्याद बढाउँदै लगेको हो । यसबाट देशको अर्थतन्त्र संकटग्रस्त अवस्थामा पुगेको छ भने काठमाडौं उपत्यकासहित मुलुकभरका नागरिक कष्टकरपूर्ण दैनिकी गुजारिरहेका छन् । लकडाउन अब कहिले हट्ने भन्ने एकीन भइसकेको छैन । यद्यपि सहरी क्षेत्रका नागरिक घरमै बसेर दैनिकी चलाइरहेका छन् भने कतिपय युवा सडक खाली भएको मौकामा खेलकुदमा सहभागी भइरहेका छन् । केही मजदुरहरु निर्माण स्थलमा खटिरहेका छन् भने उपत्यका वरपरका किसानहरु भने रोपाइँमा व्यस्त हुन थालेका छन् ।


प्रकाशित : जेष्ठ १७, २०७७ १८:३६
प्रतिक्रिया
पठाउनुहोस्

गाउँपालिका भवनमा भएको आगलागीको छानबिन गर्न समिति गठन

प्रताप विष्ट

हेटौडा — मकवानपुरको कैलाश गाउँपालिकाले गाउँपालिकाको प्रशासनिक भवन आगलागी हुनुको कारण सत्यतथ्य पत्ता लगाउनका लागि छानबिन समिति गठन गरेको  छ ।

गाउँपालिकाको शुक्रबार बसेको बैठकले गाउँपालिका उपाध्यक्ष शुकुमाया थिङको संयोजकत्वमा ७ सदस्सीय छानबिन समिति गठन गरेको छ । समितिमा गाउँपालिकाभित्र रहेका विभिन्‍न सरकारी निकायका प्रमुख र पत्रकार महासंघका प्रतिनिधि रहेका छन् । समितिलाई १० दिनभित्रमा प्रतिवेदन बुझाउनुपर्ने समयावधि तोकिएको गाउँपालिका अध्यक्ष टंकबहादुर मोक्तानले बताए ।

जिल्लाको विकट कैलाश गाउँपालिका—३ कालिकाटारमा रहेको गाउँपालिका भवन बिहीबार जलेर नष्ट भएको थियो । गाउँपालिकाको कागजपत्र, स्टोरका सामान सबै जलेर खरानी हुनुको साथै भवन पनि पूर्ण रुपमा नष्ट भएको छ । 'करिब ४ करोड क्षति भएको अनुमान गरेका छौं,' गापा अध्यक्ष मोक्तानले भने ।

गाउँपालिकाको सौर्य ऊर्जा प्रणालीमा सर्ट भइ आगजनी भएको अनुमान गरिएको छ । गाउँपालिकाको न्यायिक समितिको बैठक चलिरहेको बेला सौर्य ऊर्जा प्रणालीमा सर्ट भई आगजनी भएको थियो ।

प्रशासनिक भवन जलेर नष्ट भएपछि बिहीबारदेखि स्थानीय भवानी माविको भवनवाट पालिकाले सेवालाई निरन्तरता दिने गापा अध्यक्ष मोक्तानले बताए ।

प्रकाशित : जेष्ठ १७, २०७७ १८:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×