'दुरी' राखेर रोपाइँ [तस्बिरहरु]

तस्बिरः कविन अधिकारी

काठमाडौँ — मनसुन सुरु हुनै लागेको छ । मध्यजेठमा गर्मी महसुस हुनुपर्ने भए पनि पानी परिरहेको छ । जसले बर्खा लागेको संकेत गरिसकेको छ । कृषकहरु भने यतिबेला धान रोपाइँको व्यस्ततामा छन् । शनिबार काठमाडौंको कागेश्वरी नगरपालिकामा धान रोपाइँ चलिरहेको थियो । लकडाउन भएकाले उनीहरु दुरी कायम गरेरै काममा जुटेका थिए ।


प्रकाशित : जेष्ठ १७, २०७७ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्

थप १८९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ हजार ४०१ पुग्यो 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४०१  पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको हो । 

शनिबार मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमितको संख्या १ हजार ४०१ पुगेको जनाए ।

  • कपिलवस्तु १०९
  • सर्लाही १७
  • दैलेखका १४ जना
  • सिरहा ११
  • सप्तरीका ९
  • धनुषा ७
  • रौतहट ६
  • दाङ ५
  • महोत्तरी ४
  • पर्सा २
  • संखुवासभा २
  • झापा १
  • ललितपुर १
  • बारा १

संक्रमितमध्ये हालसम्म २१९ जना निको भएर घर फर्किइसकेका छन् । पछिल्लो २४ घण्टामा १३ जना डिस्चार्ज भएका हुन् । बुढानिलकण्ठ र टोखाका २ जना टेकु अस्पतालबाट, ९ जना बलम्बु अस्पतालबाट, अछामका १ जना, रुकुमका १ जना डिस्चार्ज भएका हुन् ।

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक गरी ६ जनाको मृत्यु भएको छ ।

क्‍वारेन्टाइनमा रहनेको संख्या १ लाख १० हजार ८८ जना रहेका छन् । आइसोलेसनमा रहनेको संख्या देशभरी १ हजार १ सय ७६ जना रहेको छ ।


मन्त्रालयका अनुसार शनिबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख ७ हजार ५५ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ६६ हजार ७ सय २९ परीक्षणहरु गरिएका छन् ।

प्रकाशित : जेष्ठ १७, २०७७ १६:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×