कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

मनोहरा खोलामा बाढी आएपछि... [तस्बिरहरु]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — प्रिमनसुन सक्रिय भएकाले बुधबार दिउँसो मुलुकका विभिन्‍न भागमा मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षा भएको छ । काठमाडौं उपत्यकाको साँखु, कागेश्वेरी मनोहरा तथा मुलपानी क्षेत्रमा पनि भारी वर्षा भयो । हुरी असिनासहित करिब दुई घण्टा भएको वर्षापछि मनोहरा खोलामा बाढी आएको थियो । जेठ महिनामा यति ठूलो पानी परेर मनोहरा खोलामा बाढी आएको पहिलोपटक देखेको स्थानीय बताउँछन् । बाढीले मनोहरा किनारमा लगाइएको तरकारी बाली क्षति पुर्‍यायो भने केही घरहरुमा समेत बाढी पसेर स्थानीय प्रभावित बने ।


प्रकाशित : जेष्ठ १४, २०७७ १९:१२
प्रतिक्रिया
पठाउनुहोस्