सांसदका हातमा नयाँ नक्सा [तस्बिरहरु]

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — भारतले अतिक्रमण गरेको भूमि समेटेर सरकारले नयाँ नक्सा जारी गरेपछि यसले देशैभरी तरंग ल्यायो । तर, लगत्तै भूमि व्यवस्था मन्त्रीले नेताहरुलाई घरघरै नक्सा पुर्‍‍याउन गएको भनेर उनको आलोचना पनि भयो । मंगलबार भने संसदमा अलि बेग्लै दृश्य देखियो । मंगलबारको संसदबाट निस्किने अधिकांश सांसदहरुले हातमा नेपालको नयाँ नक्सा बेरेर समाएका थिए । सरकारले दुवै सदनका सांसदहरुलाई नयाँ नक्सा वितरण गरेको थियो ।


प्रकाशित : जेष्ठ १३, २०७७ १८:३०
प्रतिक्रिया
पठाउनुहोस्

स्वास्थ्य मन्त्री भानुभक्त ढकालको पीसीआर रिपोर्ट नेगेटिभ

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्य मन्त्री भानुभक्त ढकालको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। केही सयम अघि कपिलवस्तुमा कन्ट्याक्ट ट्रेसिङ तथा स्वाब संकलन गरेर फर्किएका एक चिकित्सकमा कोरोनाको संक्रमण देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत सयभन्दा बढी कर्मचारीको स्वाब परीक्षण गरिएको हो ।

ती चिकित्सकले स्वास्थ्य आपतकालिन परिचालन केन्द्रमा प्रेजेन्टेसन दिएको हुँदा कन्ट्याक्ट ट्रेसिङको आधारमा सबैजनाको पीसीआर परीक्षण गरिएको हो ।

स्वास्थ्य मन्त्रीका प्रेस सल्लाहकार माधव तिवारीका अनुसार मन्त्रालयका सबैजनाको रिपोर्ट नेगेटिभ आएको छ । 'मन्त्रीज्यू लगायत सबैको परीक्षण गरिएको थियो । मन्त्रीज्यूको आज बिहान नमुना लिएर परीक्षण गरिएको हो,' उनले भने, 'उहाँ गंगालाल अस्पताल श्रम मन्त्रीलाई भेट्न जानुभएको हो । अरु त मलाई थाह भएन ।'


प्रकाशित : जेष्ठ १३, २०७७ १८:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×