लकडाउनमा एक दिन [तस्बिरहरु]

तस्बिर : बिजु महर्जन

काठमाडौँ — कोभिड १९ को बढ्दो संक्रमणका कारण देशव्यापी लकडाउन जारी गरेको दुई महिना बितिसकेको छ । संक्रमणका साथै थपिएको लकडाउनका कारण सारा नेपालीको जीवन जीउने तरिका नै अहिले बदलिएको छ । सोमबार हामीले लकडाउनको पुरै एक दिन तस्बिरमा कैद गरेका छौं । बिहान ५ बजेदेखि साँझ साढे ७ बजेसम्म काठमाडौं उपत्यकाका सर्वसाधरणको दैनिकी र वरपरको वातावरण यस्तो रहेको छ ।


प्रकाशित : जेष्ठ १२, २०७७ २१:५१
प्रतिक्रिया
पठाउनुहोस्

अर्घाखाँचीमा दुई जनामा कोरोना पोजिटिभ

कान्तिपुर संवाददाता

अर्घाखाँची — भारतबाट आएर पाणिनि गाउँपालिका–८ पालीस्थित क्‍वारेन्टाइनमा बसेका दुई जनालाई कोरोना पोजिटिभ देखिएको छ ।

१९ र ४३ वर्षीय दुई पुरुषको प्रादेशिक प्रयोगशाला भैरहवामा परीक्षण गर्दा रिपोर्ट कोरोना पोजिभिट आएको सन्धिखर्क अस्पताल प्रमुख डा. कपिल गौतमले बताए ।

जेठ २ गते भारतबाट आएका उनीहरु कमला माविको क्‍वारेन्टाइनमा बसेका थिए ।



प्रकाशित : जेष्ठ १२, २०७७ २१:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×