डाेजरले डाँडा काेतरेपछि... [तस्बिरहरू]

अ‌ंगद ढकाल

भक्तपुर — चाँगुनारायण नगरपालिकाको बिडोलमा इँटा भट्टाहरुले खनेर माटो निकालेपछि ढिस्कोमा रुख मात्रै बाँकी देखिन थालेका छन् । भक्तपुर जिल्लाभरी करिब ६० वटाभन्दा इँटा भट्टा सञ्चालनमा रहेका छन् । त्यसमध्ये ५० वटा भन्दा बढी चाँगुनारायण नगरपालिकामा र बाँकी सूर्यविनायक नगरपालिकामा रहेका छन् । यी तस्बिर बिडोल गाउँको हो जहाँ १४ वटाभन्दा बढी इँटा भट्टा सञ्चालनमा छन् । भट्टा सञ्चालनको लागि प्रयोग हुने माटो वरीपरीको डाँडो काटेर निकालिएको छ भने रुख भएको स्थान मात्र छोडिएको छ । जसले गर्दा गाउँ नै कुरुप देखिएको छ ।


प्रकाशित : जेष्ठ १२, २०७७ १५:३३
प्रतिक्रिया
पठाउनुहोस्