१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

जलअप्सराको आफ्नै संसार [तस्बिरहरु]

मनोज पौडेल

काठमाडौँ — मान्छेका भीड उतिसारो घर बाहिर छैन । त्यसैले यतिबेला खेतबारी, पोखरी र पैनी आसपास डुलिरहेका भेटिने चरा निस्फिक्री छन्। यहीमध्येको एउटा हो- जल अप्सरा अर्थात् फिजेन-टेल्ड ज्याकना ।

यो पानीचरा सिमकुखुरा प्रजातिको हो। तर, यो सिमकुखुराभन्दा भिन्न र आकर्षक हुन्छ। कपिलवस्तुको जगदीशपुर तालमा यतिबेला न घुमन्ते छन्, न त चरालाई बाधा पुर्‍याउने भीड । त्यसैले यहाँ जनअप्सराका बथान आनन्दले घुमिरहेका देखिन्छन्।

यतिबेला ताल क्षेत्रमा ६० वटा हाराहारी जलअप्सरा छन्। जेठ-असार यो चराको प्रजनन् समय हो। त्यसैले भाले-पोथी कराउँदै घुम्दै, आहारा खोज्दै गरेका देखिन्छन्।

पुच्छर लामो हुने जलअप्सराका भाले-पोथीका प्रेमलीलालाई चराविद रमाइलो मान्छन्। यो बेला भाले-पोथी मिलेर गुँड बनाउँछन्। पोथी अण्डा पार्छे र, भालेलाई जिम्मेवारी दिएर हिँड्छे। भाले ओथारो बस्छ, चल्ला कोरल्छ। मेदेखि सेप्टेम्बरसम्म पोथीले एक याममा करिब १० वटा फुल पार्छे, तर फरक फरक भालेसँग जोडी बनाएर।

रोमान्सका लागि छोटो समय पाउने भालेहरू पोथीले गुँडमा पारेर छाडेका अण्डामा ओथारो बस्छन्, चल्ला कोरल्छन् र नयाँ पुस्ता हुर्काउँछन्। पानीमा पाइने किरा र बिभिन्न प्रकारका वनस्पतिका बिउ खाने जलअप्सरा पानी भएका क्षेत्रमा मात्रै पाइन्छन्। चराविद् तुलसी सुवेदी भन्छन् 'प्रजनन् याममा यो चरा साह्रै राम्रा देखिन्छन्।'


प्रकाशित : जेष्ठ ११, २०७७ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्